Public Pana
दूरसञ्चार प्राधिकरणद्धारा सेवा प्रदायकहरुलाई इन्टरनेट बन्द गरे कारबाही गर्ने चेतावनी 

पछिल्लो समय बेरुजुको कारण विदेशी मुद्रा सिफारिस रोकिएपछि इन्टरनेट सेवा बन्द हुने बताउँदै आएका इन्टरनेट सेवा प्रदायकहरुलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने पत्र पठाएको छ ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) लाई अस्ति शुक्रबार पत्र पठाउँदै अनुमतिपत्रको शर्त बमोजिम चौविसै घण्टा गुणस्तरिय इन्टरनेट सेवा उपलब्ध गराउन चेतावनी दिएको हो ।

अनुमतिपत्र व्यवस्थापन शाखाको तर्फबाट प्राधिकरणका निर्देशक सन्तोष पौडेलले कुनैपनि अवस्थामा इन्टरनेट बन्द हुने कार्य नगर्न भनेका हुन्।

इन्टरनेट सेवा अबरुद्ध हुन नहुने सम्बन्धमा पठाईएको सो पत्रमा आइस्पानले बुझाएको पत्रको जवाफ हो।

यसअघि आइस्पानले प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दिएको पत्रमा बेरुजुका कारण विदेशी मुद्रा सिफारिस रोकिएको र विदेशबाट खरिद गर्नुपर्ने इन्टरनेट ब्याण्डविथको रकम भुक्तानी गर्न कठिनाई भएको बताईएको छ। 

जसको कारण विदेशी ब्याण्डविथ प्रदायकले सेवा रोक्ने चेतावनी दिएको र सोही कारण देशमा पनि इन्टरनेट बन्द हुने बताईएको थियो।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update