Public Pana
राष्ट्रिय सभा उम्मेदवारका लागि कांग्रेसको मापदण्ड : स्वच्छ छविदेखि हालसम्म कुनै अवसर नपाएकासम्म

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले नयाँ र प्राय अवसर नपाएका नेताहरूलाई उम्मेदवार बनाउने भएको छ।

आज आइतबार केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन्। उनले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत ध्यान दिएर पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई अवसर दिने निर्णय केन्द्रीय समितिले गरेको बताए ।

पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका तथा हालसम्म कुनै अवसर नपाएकाहरूबाट योग्य व्यक्तिलाई अवसर दिइने उनले बताए ।

त्यस्तै, राष्ट्रियसभा निर्वाचनमा हाल जारी गठबन्धनलाई निरन्तर कायम राखेर अघि बढ्ने पनि निर्णय भएको उनले बताए। हाल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच केन्द्र र प्रदेश दुवैतिर गठबन्धन कायम छ।

कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गरेको हो। बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।

राष्ट्रियसभाको रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले अवसर नपाएकालाई उम्मेदवार बनाउने

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले नयाँ र प्राय अवसर नपाएका नेताहरूलाई उम्मेदवार बनाउने भएको छ।

आज आइतबार केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन्। उनले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत ध्यान दिएर पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई अवसर दिने निर्णय केन्द्रीय समितिले गरेको बताए ।

पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका तथा हालसम्म कुनै अवसर नपाएकाहरूबाट योग्य व्यक्तिलाई अवसर दिइने उनले बताए ।

त्यस्तै, राष्ट्रियसभा निर्वाचनमा हाल जारी गठबन्धनलाई निरन्तर कायम राखेर अघि बढ्ने पनि निर्णय भएको उनले बताए।

हाल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच केन्द्र र प्रदेश दुवैतिर गठबन्धन कायम छ।

कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गरेको हो। बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।

राष्ट्रियसभाको रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update