Public Pana
बिद्युतको बक्यौता विल नतिर्ने उद्योगीहरुको चेतावनी

डेडिकेटेड फिडर विवादमा  नेपाल विद्युत्त प्राधिकरणले धमाधम उद्योगहरुको लाइन काट्न थालेपछि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले आफूहरुले उक्त विजुली प्रयोग नै नगरेको दावी गर्न थालेका छन् ।

उनीहरुले आफूहरुले प्रयोग नै नगरेको विजुली कसरी तिर्नु भन्दै नर्तिने दाव गरेका छन् । आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै तत्कालीन समयमा विद्युत्त प्रयोग गरेर वक्यौता रहेको दावी गरिएकाले उद्योगीहरुले यस्तो भनाई राखेका हुन् । उद्योगीहरुले यसअघि पनि प्राधिकरणले निकालेको रकम तिर्न नसकिने भन्दै आएका थिए ।

उद्योगीहरुले फेरि पत्रकार सम्मेलन गरी प्रयोग नै नगरेको बिजुलीको महशुल तिर्न नसकिने स्पष्ट पारेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उद्योगी पशुपति मुरारकाले बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले दिनुपर्ने अनिमात्र आफूहरुले पैसा तिर्न बताए। ‘ ‘बिजुली प्रयोग गरेको समयमा नै बिल पठाएको भए यो समस्या नै आउने थिएन।

त्यो समयमा प्रयोग भएको र त्यो समयमा भएको बिलिङअनुसार कुनै पनि बक्यौता बाँकी छैन।’ उनले भने। डेडिकेटेड र ट्रंकलाइन बक्यौता महशुल विवाद झन् चर्किँदै गएकोपछि केही दिन अघि पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिले महशुस नर्तिने उद्योगहरु सवैको लाइन काट्ने चेतावनी दिएका थिए ।

लोड सेडिङको समयमा सर्वसधारणलाई कटौती गर्दै उद्योगीहरुलाई विजुली दिएको र त्यसको वक्यौता २०७२ सालदेखि विवादमा रहदै आएको छ।

उनले टीओडी मिटरको डेटा नै नभएको प्राधिकरणले बताएकोमा रुष्ट हुँदै प्राधिकरणकै विनियमावलीले यसलाई सुरक्षित राख्ने भनेकाले यसमा तथ्याक नहुदा उधोगीले हचुवाको भरमा पैसा तिर्न नसक्ने उद्योगीहरुको दावी छ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update