Public Pana
राष्ट्रिय सभामा नेपाली काग्रेसको मधेशवाट आनन्दप्रसाद ढुङ्गाना र फर्मलामन्सुरसहितको नाम सिफारिस

नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।

मधेश प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिकको आधारमा नाम सिफारिस गरेको दावी गरेको छ। मधेश प्रदेशले सात नेताको नाम सिफारिस गरेको छ।

यसरी पठाइएको सुचिमा पहिलो नम्वरमा आनन्दप्रसाद ढुङ्गाना छन् । उनी केन्द्रीय सदस्य एवं अनुशासन समितिका संयोजक समेत हुन् । राष्ट्रिय सभामा सिफारिस गर्नका लागि उनको नाम समानुपातिकतर्फको बन्द सूचीवाट फिर्ता लिइएको थियो । सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम दोस्रो नम्वरमा सिफारिस गरिएको छ।

उनीपनि समानुपातिक सुचिम थिए र निर्वाचन आयोगवाट फिर्ता लिइएको थियो ।

नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव वारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहट लगायत छन् ।

११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशबाट नाम संकलन गरिरहेको छ। यसअघि कोशी प्रदेशवाट कृष्ण सिटौला, सुजता कोइराला,मिनेन्द्र रिजाल, महेश आचार्य लगायतको नाम पठाएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update