Public Pana
बनभोज हिडेको गाडी दुर्घटना  हुदाँ २० यात्रु घाइते

दाङमा बनभोज हिडको बस दुर्घटना भएको छ । तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा बर्दियाबाट पिकनिकका लागि जादै गरेको स दुर्घटना भएको हो । 

बर्दियाको बढैया ताल गाउँपालिका–६  मैना पोखरमा रहेको पिपरहवा कृषि कृषक समूहबाट दाङ चखौरामा पिकनिकका  जादै थियो । भे १ ख २०४१ नम्बरको बस बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 


प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ वनको उकालोमा दुर्घटना हुँदा करिब २० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरेर तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पताल ल्याउने क्रम चलिरहेको  छ ।  

उद्धार गरेर घाइतेहरूलाई ल्याउने काम भइरहेकाले बस कसरी दुर्घटना भयो भन्ने र कति जना यात्रु थिए भन्ने बारेमा अझै खुल्न नसकेको  प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update