Public Pana
दाङमा बस दुर्घटना हुँदा २० जना घाइते

दाङमा आज आइतबार बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रशाद पोखरेलका अनुसारका घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुर र बाँकेको नेपालगञ्ज पठाइएको छ ।


 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update