Public Pana
साँखुु र लाजिम्पाट फिडर क्षेत्रमा आज केही घण्टा विद्युत् अवरूद्ध

काठमाण्डौको साँखुु र लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रमा आज शनिबार चार घण्टादेखि साढे चार घण्टासम्म बिजुली नआउने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिंह पौवा, नाङ्लेभारे क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

११ केभी मूलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर बन्द गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, लाजिम्पाट फिडर अन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

ती ठाउँहरुमा विद्युत् भूमिगतको काम गर्नुपर्ने भएकाले साढे चार घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update