Public Pana
बलत्कारमा दाेषी ठहर भएका  सन्दिपकाे र सजाय निर्धारण  २५ गते    हुने 

जिल्ला अदालत काठमाडौले क्रिकेट टिमका सदस्य सन्दिप लामिछानेलाई नावालिग बलत्कार मुद्दामा दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश शिशिराज ढकालको इजलासले शुक्रवार लामिछानेलाई दोषी ठहर गर्ने फैसला सुनाएको हाे। जिल्लाले कसुर ठहर गरेपछि कति सजाय हुने भने पछि निर्धारण गर्ने छ। फौजदारी संहिता अनुसार ३ वर्षभन्दा धेरै कैद सजाय हुने मुद्दामा सजाय पछि निर्धारण गरिन्छ । अव अर्को वहसपछि जिल्ला अदालतले लामिछानेलाई कति सजाय हुने निर्धारण गर्ने छ। जिल्लाले उक्त दिन वहस सुनेर सजाय निर्धारण गर्ने छ । उक्त दिन न्यायाधीश ढकालकै इजलासमा पेशी हुने छ।  
जिल्ला अदालतले सजाय निर्धारणका लागि सुुनवाई हुने मिति पुस २५ गतेका लागि तोकेकाे छ।  उक्त दिन अदालतले कति सजाय,जरिवाना हुने बारे निर्णय सुनाउने छ। उक्त फैसलापछि सन्दिप थुनामा बस्नुपर्ने छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update