Public Pana
बालकुमारी घटना: मृत्यु हुनेको संख्या २ पुग्यो

ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। आन्दोलनका क्रममा घाइते भएका २ जनाको मृत्यु भएको हो। 

ज्यान गुमाउनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेका प्रहरी प्रवक्ता, डीआईजी कुवेर कडायले जानकारी दिएका छन्। यद्यपि शाहको ठेगाना डोटी वा अछाममध्ये यकिन नभएको उनको भनाइ छ। 

दैलेखकका रावतलाई बालकुमारी क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी किस्ट अस्पताल पुर्‍याइएको थियो। किस्टको आकस्मिक कक्षमा पुर्‍याइँदै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। 

किस्ट अस्पतालमा ज्यान गुमाएका रावतको शरीरमा गोली लागेको निशान छैन। छातीमा भने गम्भीर चोट लागेको रातो डाम देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार ग्वार्को क्षेत्रमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायातनमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमाथि आगजनी गरेका थिए। 

 

प्रदर्शनकारी उग्र भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर समेत गरेको थियो

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update