Public Pana
दुई जनाकाे ज्यान गयाे,   सवैलाई सहभागी गराउन अदालतले पनि भन्याे

उच्च अदालत पाटनले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको छ ।  न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको हो । 
गणेश राई, तर्कबहादुर पल,योगेन्द्रप्रसाद न्यौपाने,नरजिक विक सहित नौ थान निवेदनलाई एकै साथ सुनुवाई गर्दै यस्तो आदेश दिएको हो । उनीहरुले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाउदै रिट दायर गरेका थिए । उनीहरुले विहिबार अदालतको अन्तरिम आदेश देखाउनेहरुको हकमा मात्र परिक्षामा सहभागी गराइएको भन्दै रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले कसैलाई पनि भेदभाव नगरी सवैैलाई सहभागी गराउनु भनि अन्तरिम आदेश जारी गरेको हो । यो आदेशसगै सवैले सहभागी हुन पाउने भएको छ। तर आन्दोलनका कारण २ जनाले ज्यान भने गुमाएका छन् ।  उच्च अदालतका प्रवक्ता  तीर्थराज भट्टराइले इच्छुक सवै निवेदकहरुलाई सहभागी गराउन आदेश गरेको बताए । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update