Public Pana
न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु


हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ ।
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update