Public Pana
देशको भयावह स्थिति सम्हाल्दै लयमा अर्थतन्त्र फर्काएकाे प्रधानमन्त्रीकाे दावी

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले देशको नेतृत्व सम्हाल्दा अवस्था भयावहको भए पनि एक वर्षमा धेरै सम्हालिएको बताएका छन् । 

 

दोलखा महोत्सवको उद्घाटन गर्दै उनले आफू नेतृत्वको सरकारको एक वर्षे कामले अर्थतन्त्र डुबिसक्यो, अब यो देश फेरि उभो लाग्दैन भन्ने भाष्य चिर्दै गएको जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा भयावहको स्थिति थियो । नेपालको अर्थतन्त्र डुबिसक्यो, अब यो देश फेरि उभो लाग्दैन भन्ने भाष्यको प्रचार थियो । अवस्था पनि अप्ठेरो थियो । तर, अब हामी धेरै निराश हुनुपर्ने अवस्था छैन । दबाब त छ । तर, मैले नेतृत्व सम्हालेको तुलनामा धेरै आशावादी र उत्साहवर्द्धक छ ।’

उनले अहिले सरकारसँग १४ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिती रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘३० प्रतिशत रेमिट्यान्स बढेको छ । राजस्व बढेको छ । पर्यटक बढेका छन् । अब हामी सबैले सकारात्मक ढंगले बल ग¥यौं भने अर्थतन्त्रलाई लयमा फर्काउन सकिन्छ ।’

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update