Public Pana
बालकुमारीमा मृत्यु भएका व्यक्तीलाई गाेली लागेकाे भेटिएन

शुक्रबार मध्याह्न ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको प्रदर्शन तथा मन्त्रीको गाडीमाथि आगजनी घटनामा ज्यान गुमाएका युवकलाई गोली लागेको नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

प्रहरी र प्रदर्शनकारबीच झडप भएको ठाउँबाट १ जनालाई अचेत अवस्थामा भेटेर किस्ट अस्पताल लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।  

अस्पताल स्रोतका अनुसार उनको शरीरमा गोली लागेको कुनै निशान र चोट छैन। छातीमा भने चोट लागेको जस्तो डाम देखिएको अस्पताल स्रोतले जनाएको छ। 

 

‘बालकुमारीको प्रदर्शनस्थलबाट अचेत अवस्थामा १ जनालाई उद्धार गरेर ल्याइएको थियो। उपचारका लागि इमरजेन्सी वार्डमा पुर्‍याइको थियो। तर उनलाई बचाउन सकिएन,’ किस्ट अस्पतालका १ जना चिकित्सकले नेपाल लाभइसँग भने, ‘शरीरमा गोली लागेको छैन। छातीमा रातो डाम देखिएको छ।’

मृत्यु भएका व्यक्ति २३ वर्षीय युवक भएको बताइएको छ। उनको नाम र वास्तविक ठेगाना भने यकिन हुन सकेको छैन।    

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update