Public Pana
सन्दिपका कानुन व्यवसायीको वहस सकियो,  सिसिटिभी फुटेज हेरेर  फैसला  सुनाउने

काठमाडौ– सन्दिप लामिछानेको मुद्दामा उनका कानुन व्यवसायीको वहस सकिएको छ। योसगै अव जवाफी वहस सकेर फैसला सुनाउने न्यायाधीशले बताएका छन् ।

त्यसअघि न्यायाधीशले घटना भएको दिनको सिसिटिभी फुटेर हेर्नुपर्ने देखिएको भन्दै हेर्ने व्यवस्था मिलाउन भनेका छन् । घटना भएको दिनमा पीडित र पीडकको व्यवहारले पनि सहमतीमा भएको थियो कि जवरजस्ती करणीजस्ता कुरा पुष्टि हुने र अरु प्रमाणहरु देखिने भन्दै न्यायाधीशले सिसिटिभी फुटेज हेर्न इच्छा व्यक्त गरेका हुन् । न्यायाधीश शिशिरराज ढकालले  फैसला सुनाउनुअघि यस्तो निर्णय गरेका हुन् । 
गत आइतबारदेखि उक्त मुद्दा सुनुवाई चलिरहेको छ। नेपाली क्रिकेट टिमका सदस्य लामिछानेले पीडित गौशालालाई फकाएर नगरकोट घुमाएर काठमाडौको एक होटलमा लगि बलत्कार गरेको अभियोगपत्रमा दावी गरिएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update