Public Pana
कोरिया जान नपाएको झोकमा युवाहरुले भौतिकमन्त्री ज्वालाको गाडीमा गरे आगजनी, बालकुमारी तनावग्रस्त

रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन् । 
आक्रोशित आन्दोलनकारीले मन्त्री चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए । 
ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले उत्तेजित  प्रर्दशनकारीले मन्त्रीको गाडीमा आगा लगाएको खवर पाउने वित्तिकै उच्च प्रहरी अधिकारी त्यहाँ पुगेका छन् । 
प्रर्दशनकारीको आन्दोलनका कारण अहिले ग्वार्को,सातदोवाटो, वालकुमारी लगायत क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update