Public Pana
तीन  न्यायाधीशमाथि छानविन गर्न सर्वोच्चका न्यायाधीश भट्टराईको  नेतृत्वमा  समिति गठन ( राजपत्रसहित)

जिल्ला अदालत रहँदा न्याय सम्पादनका कारण विवादमा परेका ३ न्यायाधीशमाथि  छानविन गर्न न्याय परिषदले सर्वोच्च अदालतका न्यायाधीश आन्नदमाेहन भट्टराईकाे संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ। 
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार, उक्त समितिले न्याय परिषद् ऐनका दफा १०, ११ र १२ को अधीनमा रही जिल्ला न्यायाधीशहरू राजकुमार कोइराला, अम्बिका निरौला र परशुराम भट्टराईमाथि जाँचबुझ गर्नेछ। 
यी ३ वटा दफामा न्यायाधीशमा कार्यक्षमताको अभाव, खराब आचरण वा आचार संहिताको गम्भीर उल्लंघन र इमान्दारीपूर्वक कर्तव्य पालन नगरेको वा बदनियतपूर्वक काम कारबाही गरेको आधारमा छानबिन हुने उल्लेख गरिएको छ।
यसका लागि सर्वोच्च अदालतका न्यायाधीशत्रय डा आनन्दमोहन भट्टराई, तिलप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको समिति गठन गरिएको छ। 
ऐनको दफा १० मा न्यायाधीशमा कार्यक्षमताको अभाव रहेको मानिने अवस्थाबारे  समितिले छानविन गर्ने छ। 
यस्तो छ राजपत्र 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update