Public Pana
झापामा हात्तीको आक्रमणमा परि एकको मृत्यु

झापामा मानव जङ्गली हात्तीको द्वन्द्व बढेर गएको छ । जङ्गली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको ज्यान गएको छ ।  

घरमै सुतिरहेको वेला बिहीबार राती १ बजेको समयमा राईको घरको टाटी भत्काएर हात्तीले अन्न लिएर जाने क्रममा राईलाई समेत आक्रमण गरी घटनास्थलमै हात्तीको आक्रमणमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीले धमाधम घर भत्काउन थालेपछि परिवारका अन्य सदस्यको उद्धार गर्ने क्रममा घर मुली राईको हात्तीसँग जम्काभेट हुँदा हात्तीले कुल्चिएर राईको मृत्यु भएको हो । हात्तीले राईको घरमा भएको अन्न खानुको साथै राईको घरको समेत बेरा भत्काइदिएको छ । 

हात्तीको आक्रमणमा परि मृत्यु भएका राईको हाल शवलाई पोष्टमर्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update