Public Pana
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

नेपाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । 

 

 

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए । ‘समुदायमा कांग्रेस अभियान’को कार्य योजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए । 

पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठक बिहान ११ बजे  सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update