Public Pana
पशुपति विकास कोषको कार्यकारी निर्देशक क्रिश्चियन !  सासद राणाले भने सरकारले अनर्थ गरेको  छ 

हालैमा हिन्दु धर्मको आलोचना र क्रिश्चियन धर्मका वचाउ गरेर विवादमा आएका पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँतीले पशुपति विकास कोषको कार्यकारी निर्देशकमा गरेको नियुक्ती विवादमा परेको छ। 
संसदिय समितिले समेत उनको योग्यतामा प्रश्न उठाएपछि प्रमाणपत्र मगाउने निर्देशन जारी गरेको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उनको धार्मिकताबारे समेत प्रश्न उठेको छ। हिन्दुहरुको आराध्यदेव  पशुपति नाथको संरक्षण गर्ने निकायमा क्रिश्चियनलाई नियुक्ती गरिएको भन्दै राप्रपाले संसदिय समितिमा प्रश्न उठाएको छ। 
विहिबार समितिमा पशुपति क्षेत्र विकास कोषमा हालै कार्यकारी निर्देशकमा नियुक्त भएकी लक्ष्मी पुन हिन्दु हो कि क्रिश्चियन धर्मावलम्बी भन्दै सांसदहरुबिच चर्काचर्की परेको हो ।  बिहीबार प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी बोलाएर पुनको नियुक्तिको विषयमा प्रश्न गरेको थियो । 
छलफलको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणाले कार्यकारी निर्देशक पुन क्रिश्चियन धर्मावलम्बी रहेको जानकारी पाएको भन्दै आपत्ति जनाएका थिए । राणाले उनीसगै बस्ने  एक महिलाले आफूलाई उक्त सुचना दिएको भन्दै यस विषयमा प्रष्ट हुुनपर्ने माग गरे । सांसद तामाङले बोलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका सांसद धवलशमशेर राणाले पुनको धर्म र योग्यतामाथि प्रश्न उठाए । उनले यी दुवै पक्षमा छानबिन गर्न माग गरे ।

‘मैले महिला भएको कारणले महिलामाथि कुनै आलोचना वा टिप्पणी गर्न खोजेको होइन, अर्को अर्थ नलगाउनु होला । तर व्यापक रुपले बजारमा लक्ष्मी पुन क्रिश्चियन धर्ममा विश्वास गर्ने व्यक्ति हो भनेर व्यापक रुपले प्रचार छ ’ राणाले भने ‘ उहाँ बस्ने घरमा डेरामा बस्ने महिला जसको म नाम लिन चाहन्न, उहाँले पनि भन्नुभयो । यो विषय गम्भीर छ, उहाँ साँच्चै क्रिश्चियन धर्ममा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने यो सरकारले अनर्थ गरेको हो । हाम्रो विश्वासमाथि सरकारले कुठाराघात गरेको हो । यसमा छानबिन हुनुपर्छ ।’

उनले विश्वका सम्पूर्ण हिन्दुहरूको आस्थाको केन्द्रबिन्दु पशुपतिनाथको सञ्चालन गर्ने कार्यकारी निर्देशक हिन्दु धर्मको हुनुपर्ने बताउँदै यसमा राम्रोसँग छानबिन गर्नुपर्ने बताए ।
उहाँ क्रिश्चियन धर्मावलम्बी हो भने यो राज्यले गरेको घोर अन्याय र ठूलो अत्याचार ठहर्छ ’ उनले भने ‘उहाँ हिन्दु नै हो भने त्यो विषयमा मलाई केही भन्नु छैन ।’  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि उनको योग्यतामाथि प्रश्न उठाए । 
खनाल र राणाले प्रश्न उठाएपछि माओवादी सांसद छिरिङ ल्ह्यामु तामाङले वचाउको प्रयास गरेकी थिइन् ।  उनले धर्मनिरपिक्षताको लागि लडाई लडेको र महिला भएका कारण पुनमाथि यस्ता प्रश्न उठाउन नहुने  टिप्पणी गरिन् । 
‘लक्ष्मी पुनलाई सामाजिक सञ्जालमा क्रिश्चियन धर्मावलम्बी भनेर जुन आक्षेप लगाइयो त्यो के आधारमा लगाइएको हो ? कुन तथ्याङ्कमा टेकेर लगाइएको हो ? ’ उनले भनिन् ‘यो प्रष्ट गरिदिनुप¥यो । उहाँ हिन्दु धर्मप्रति आस्था राख्ने मान्छे हो भनेर हामीले बुझेका छौँ । उहाँले जुन विश्वविद्यालयमा अध्ययन गर्नुभएको छ, पशुपति विकास कोषले तत्कालै त्यहाँ चिठी पठाउनुप¥यो । उहाँको शैक्षिक योग्यताको सत्यतथ्य छानबिन गरोस् ।’ उनको योग्यतामाथि प्र्रश्न उठेपछि समितिले शैक्षिक प्रमाणपत्र पेश गर्न निर्देशन गरेको हो । समिति सभापति राजकिसोर यादवले धार्मिकताको विषयमा विस्तारै वुझ्न सकिने भन्दै सांसदहरुलाई विवाद नर्गन भनेका थिए । लगत्तै सभापति यादवले केही निर्देशन दिएर विवादका आगामी दिन पून छलफल गर्ने निर्णय गरेका थिए ।  

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update