Public Pana
प्रधानमन्त्री कार्यालयमा ब्यापक हेरेफेर एकै पटक  ६८ दरबन्दी कटाैती

सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय गरेको हो।
 
प्रधानमन्त्री कार्यालयको दरबन्दीमा व्यापक कटौती गरिएकाले त्यहाँ रहेकाहरु अन्यत्र जाने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ। प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो। त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो। हामी विस्तार गरेर जान्छौं।’

प्रधानमन्त्री कार्यालयको ओएनएम स्वीकृत गर्दै उक्त निर्णय गरेको हो। यो निर्णयसँगै प्रधानमन्त्रीको सचिवालयमा रहेका अधिकांशलाई कटौती गर्दै अन्यत्र पठाएको छ। कुन कुन कटौती भयो भन्ने बारेमा विस्तृतमा पछि थाहा हुने प्रवक्ता शर्माले बताइन्।
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update