Public Pana
प्राधिकरणले बत्ती काटेपछी उच्च राजनीतिक तहमा लविङ गर्दै महशुस नतिर्ने व्यवसायी

डेडिकेटेड र ट्रंकलाइनको विवादकाबीच नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगीहरुले शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका छन् ।

उद्योग परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई र बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कानुनसम्मत तरिकाले विवाद समाधान गर्न आग्रह गरेका हन् ।


उद्योगीहरुले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन् ।

बारा पर्सा करिडोरका जगदम्बा स्टीलसहित त्रिवेणी स्पिनिङ मिल, हुलास स्टिल, अशोक स्टिल, सूर्य नेपाललगायत उद्योगहरुमा विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको छ ।

प्राधिकरणले लाइन काटिदिएपछि उद्योग बन्द भएको भन्दै मजदुरहरूले विरोध प्रदर्शनसमेत गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update