Public Pana
कांग्रेस  केन्द्रीय समितिको बैठक बस्दै ,सरकार परिवर्तनवारे छलफल हुने

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा, दिउँसो १ बजे बस्ने छ। 

बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ। यसअघि गत मंसिर २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय गरेको छ। 

केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयानुसार उम्मेदवार सिफारिस गर्न प्रदेशहरुलाई परिपत्र भइ प्रदेशहरुबाट उम्मेदवारको नामावली केन्द्रमा सिफारिस हुन थालेको छ। 

 

कांग्रेसले महासमितिको बैठकको मिति भने परिमार्जन गरी २०८० फागुन ७ देखि १० गते, ललितपुरमा गर्ने गरी निर्धारण गरेको छ। 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update