Public Pana
माैसम केही ठाउँमा आंशिक बदली बाहेक  सामान्यतया सफा रहने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज (बिहीबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

महाशाखाका अनुसार बिहीबार राति कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

आगामी २४ घण्टामा देशभर नै तापक्रम घट्दो क्रममा रहने महाशाखाले जनाएको छ। देशभरिको तापक्रम चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update