Public Pana
जाजरकोटको कुशेमा चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु

जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नम्बर –९, को घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपाली रहेकी छन् ।

उनको बुधवार बिहान मृत्यु भएको हो ।  

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले उनको चिसोकै कारण मृत्यु भएको जानकारी दिए ।  उनले मङ्सिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए ।  चिसोका कारण कुशेमा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेकाे छ ।  

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update