Public Pana
सन्दिप लामिछानेको मुद्दामा वहस नसकिएपछि  हेर्दा हेर्दै  

नेपाली क्रिकेट टिमका सदस्य सन्दिप लामिछाने विरुद्धको जवरजस्ती करणीसम्वन्धी मुद्दामा वुधबार पनि वहस नसकिएपछि हेर्दा हेर्दै राखिएको छ ।  
न्यायाधीश शिशिरराज ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए । त्यसपछि सोमबार र मंगलवार सार्वजनिक विदा भएपछि सुनुवाई हुन सकेको थिएन । वुधबार सन्दिपका तर्फवाट वहस शुरु भएको छ। अधिवक्ता मुरारी सापकोटाले सन्दिपका तर्फवाट ओपनिङ बहस गरेको सन्दिपका कानुन व्यवसायी सरोज घिमिरेले बताए । 
यसअघि नै दुवै तर्फका वकिलहरुले बहस नोट बुझाइसकेका छन् । विहिबार आफूहरुले वहस सक्ने घिमिरेले बताए  ।  उनीहरुपछि सरकारी बकिलले केही समय जवाफ दिने छन् ।  
मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाइप्रोफाइल वकिलहरूले बहस गर्न वकालतनामा दिएका छन् ।  पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरूदेखि यो मुद्दामा बहस गर्दै आएका थिए । यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्ने तयारी गरेका छन् । कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरेले पनि लामिछानेको वचाउनमा वहस गर्ने छन् । 


 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update