Public Pana
प्रहरीमा प्राविधिकतर्फका एसएसपी र एसपीको दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव

प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फका दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्राविधिक प्रहरी समूह तर्फको सवारी महाशाखा र सङ्गीत विद्यालयको प्रमुखको दरबन्दी जनपदतर्फ ल्याउन गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् । 

 

 

इन्जिनियरिङ उपसमूह, सवारी महाशाखामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले राजीनामा दिएपछि सो पद अहिले रिक्त छ । सङ्गीत विद्यालयको यसअघिका प्रमुख (प्रहरी उपरीक्षक)ले राजीनामा दिएसँगै सो दरबन्दी पनि रिक्त भएको हो ।

नेपाल प्रहरीका डिएसपीहरूलाई एसपीमा बढुवा गर्न सकस भएसँगै आईजीपी कुँवरले दरबन्दी मिलानको प्रस्ताव गरेका हुन् । मन्त्रिपरिषद्ले प्राविधिकतर्फको दरबन्दी मिलान गर्ने निर्णय गरेमा १० जनालाई एसपीमा बढुवा गर्न बाटो खुल्छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update