Public Pana
अब रुस जान ‘एनओसी’ अनिवार्य

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाऊन् भन्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) को प्रबन्ध गरिएको बताए ।  

उनले दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको  पनि बताए । रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक करिब एक सय जना हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको उनले बताए ।  

“हराइरहेकाहरूको परिवार र साथीभाइले खबर गरेका छन् । यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासो रुसी सरकारसम्म पु-याउन स्पष्ट सन्देश दिएका छौँ,” परराष्ट्रमन्त्री साउदले भने  ।  मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानव अधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्पे्रषण गरिएको पनि  उनले बताए ।  

प्यालेस्टाइनी समूहको अपहरणमा पर्नुभएका विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई आफैँले भेटेर पहल गरिदिन आग्रह गरिएको पनि जानकारी दिँदै उनलेःभने “अहिलेसम्मको विवरण अनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ । आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुने छौँ भन्ने मेरो दृढ विश्वास छ ।” 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update