Public Pana
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु हुदै

नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने बैठक तीन दिनसम्म चल्नेछ ।  

 

 

बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलमा नेताहरूको जिम्मेवारी तोकिनेछ । 

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकाे तर्फबाट उम्मेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल  गर्ने पार्टीको तयारी छ । 

साथै विधान संशोधन प्रस्ताव उपर पनि बैठकमा छलफल हुने  प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update