Public Pana
एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं पुग्छ : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं भित्र्याउने घोषणा गरेका छन्।

आफू नेतृत्वको सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले मेलम्चीको पानी आउँदैन भन्ने भाष्य गलत सावित गर्ने बताए। 

‘मेलम्चीको पानी काठमाडौंबासीले पिउने सपना अधुरो रहेको यथावतै छ। मैले मेलम्चीको समस्यामा छलफल गरिरहेको छु। १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजल पुर्‍याउने लक्ष्य छ। २८ दिनको कम्प्याक्ट योजना सहित काम भइरहेको छ,’ उनले भने।

 

साथै मेलम्चीको दोश्रो चरणको आयोजनाबारे पनि छलफल जारी भएको उनले बताए। सरकारले खानेपानी सम्बन्धी काम गर्ने निकायको संरचनागत सुधारलाई प्राथमिकतामा राखेको पनि बताए।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update