Public Pana
प्रधानमन्त्रीको घोषणा- अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न बस्दैन

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न नबस्ने घोषणा गरेका छन्। मंगलबार आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै उनले दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपिल गर्ने भन्दै सो घोषणा गरेका हुन्।

उनले अब शीर्ष बैठक विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने बताए।

उनले विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहुने र मेरिटोक्रेसी सुरु हुने प्रतिबद्धता पनि व्यक्त गरे।

 

‘मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुने छैन। संसारका कुनै पनि कुनामा रहेका योग्य नेपालीहरूले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्नेछन्। अब मेरिटोक्रेसी सुरु हुनेछ। त्रिभुवन विश्वविद्यालय त्यसो प्रस्थानबिन्दु हुनेछ’, उनले भने।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update