Public Pana
काग्रेसले काेशीवाट चुनाव हारेका सिटाैला र सुजताकाे नाम पठायाे

नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका आकांक्षीको नाम सिफारिस गरेको छ।  

कोशी प्रदेश कार्यालय विराटनगरमा बसेको कांग्रेसको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट आकांक्षीको नाम सिफारिस गरेको हो।  

यसरी सिफारिस गर्दा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका कृष्णप्रसाद  सिटाैला र सुजाता काेइरालापनि अटाएका छन् । 

उक्त निर्वाचनका लागि कांग्रेसले नजिल्लाबाट आएका नामलाई क्रमैसँग राखेर केन्द्रीय कार्यसमितिमा सिफारिस  गरेको हो।  

 

कांग्रेस केन्द्रीय समितिले पुस १० गतेभित्र आकांक्षीको नाम पठाउन निर्देशन दिएको थियो। प्रदेश कार्यसमितिले नेताहरूको मर्यादाक्रम र वरीयता ख्याल गरेर नाम पठाएको  दावी महामन्त्री भूपेन्द्र राईले  गरे । 

जिल्लाबाट आएकामा प्रदेश कार्यसमितिले झापाका कृष्णप्रसाद सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर पठाएको हो।  

तर यी दुवै नेता २०७९ मंसिरको निर्वाचनमा पराजित भएका हुन्। सिटौला झापा ३ मा राजेन्द्र लिङ्देन र सुजाता मोरङ ३ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन्। 

कांग्रेस प्रदेशले महेश आचार्य, डा. मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डा. डिला संग्रौला र रुक्मिणी कोइरालासहितको नाम केन्द्रमा पठाएको छ।

राष्ट्रियसभाका लागि सभापति शेरबहादुर देउवाले सिटौलालाई अघि सार्ने तयारी छ। चौधौँ महाधिवेशनमा आफूलाई साथ दिएका सिटौलालाई राष्ट्रिय सभामा पठाउने योजना देउवाको छ। 

कोशीबाट डा. शेखर कोइराला पक्षले डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाउनुपर्ने अडान राखेको छ। कोइराला समूहले कांग्रेसले पाउने राष्ट्रियसभाका ९ सिटमा कम्तीमा ४ आफ्नो समूहका हुनुपर्ने बताउँदै आएको छ। 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update