Public Pana
प्रधानमन्त्री  प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । 

‘पुस १० गते साँझ ठिक ५ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने ।

म्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् । 

प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update