Public Pana
मधेसवादी दललाई सरकार छाडेर सङ्घर्षमा उत्रिन  राजेन्द्र महत्ताे आग्रह

 लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेस आन्दोलनमाथि सङ्कट उत्पन्न भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– 'आन्दोलनमा घटना हुन्छ, कहिले राज्यलाई क्षति हुन्छ भने कहिले व्यक्तिलाई क्षति हुन्छ । यो आन्दोलनको चरित्र हो, तर त्यसलाई आधार मानेर कसैलाई कारबाही गर्न हुँदैन । ' 

 

 

महोत्तरीमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको विषयलाई लिएर  मधेस आन्दोलनलाई अपराधीकरण गरिएको भन्दै उनले यसले  मधेसी जनताको अपमान भएको र त्यसलाई स्वीकार गर्न नसकिने बताए । माओवादीको जनयुद्धमा सुरक्षा निकायका थुप्रै व्यक्ति मरेका थिए, त्यो राजनीतिक घटना भयो र मधेस आन्दोलन कसरी आपराधिक घटना भयो उनले प्रश्न गरे । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update