Public Pana
प्रधानमन्त्री प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले  राष्ट्रको नाममा  सम्बोधन गर्न लागेको बताए।

तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो। यसअघिका कार्यकालमा उनले नौ/नौ महिनामात्रै सरकारको नेतृत्व गरेका थिए।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update