Public Pana
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक

सक्रमणकालिन न्याय अन्र्तगत शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् ।

पीडितलाई केन्द्रबिन्दुमा राखेर कानुन बनाउने सरकारकातर्फबाट प्रधानमन्त्री पुष्प कष्ल दाहालले प्रतिबद्धता जनाएपछि अन्य दलहरु त्यसमा सकारात्मक बनेको कंग्रेसका एक नेताले जानकारी दिए । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र बीचका नेताहरूको छलफल भएको र पीडितमैत्री कानुन बनाउने हो भने तत्काल प्रक्रियाअघि बढ्नेवार बैठकमा छलफल भएको जाकानरी दिए ।  दलहरुबीच आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा पेश गर्ने समेत सहमति बनेको छ । 

बैठकमा शीर्ष नेताहरूसँगै सरकारका वरिष्ठ मन्त्री र तीन ठूला पार्टीका दोस्रो तहका नेताको पनि सहभागिता रहेको थियो। 

बैठकमा प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update