Public Pana
निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित

निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो । 

लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन् । चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए । 
नाम नराखिएको चलचित्रमा केही दिनअघि कलाकार मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । चलचित्र पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update