Public Pana
प्रधानमन्त्री प्रचण्डले भोली ३ बजे राष्ट्रका नामा बिशेष सम्बोधन गर्ने !

प्रधानमन्त्री पुष्प कमल दाहालले आफ्नो कार्यकालको एक बर्ष पुगेको अवसरमा भोली मंगलवार राष्ट्रका नाममा बिशेष संबोधन गर्नुहुने भएको छ ।

संसदको सवै भन्दा ठुलो दल नेपाली कंग्रेसको प्रमुख समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल २०७९ साल पौष १० गते संघीय संसदबाट बहुमत प्राप्त गरि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री दाहालले आफुले सत्ताको नेतृत्व गरेको एक बर्ष पुगेको अवसरमा भोली दिउँसो ३ बजे सिंहदरवास्थित आफ्नो कार्यकक्षबाट राष्ट्रका नाममा बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सम्बोनमा प्रधानमन्त्री दाहालले पछिल्लो एक बर्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामहरुको फेहरिस्त प्रस्तुत गर्ने र सरकारको आगामी कार्ययोजनावारे समेत धारणा राख्ने उहाँका निकटवर्तीहरुले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update