Public Pana
आरती साह हत्या प्रकरणमा पति मनोजवावु साह पक्राउ, कारागार पठाउने तयारी


आफ्नै श्रीमतीको हत्या अभियोग लागेका जनकपुरका मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । 
जनकपुरकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट आज विहान नियन्त्रण लिएको हो । 

उनलाई आवश्यक प्रक्रिया पुरा गरी करागार चलान गरिने धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो । 

गत मंसिर २० गते सर्वोच्च अदालतले आरतीका पति  मोतीबाबुलाई पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । यद्यपी अदालतको आदेशपछि पनि उनी फरार भएका थिए । 

गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत भेटिएकी थिइन्।  

उनको हत्या गरि परिवारका सदस्यहरुले झुण्डाएको माइती पक्षले दावी गर्दे आएका छन् ।

तत्काल प्राप्त प्रमाणका आधारमा उनको आत्महत्या नभई हत्या भएको हुन सक्ने आशंका अदालतले मृतकका पति मजोजवावुलाई मुद्धाको टुंगो नगालेसम्म थुनामा पठाउन आदेश दिएको थियो । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update