Public Pana
बसको ठक्करले दुई जनाको मृत्य भएपछि बिपी राजमार्ग ठप्प, स्थानियले बसमा गरे आगजनी

सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानियले आगजनी गरेका छन् । 

सोमबार बिहान ८ बजेतिर सिन्धुलीको सुनकोशी गाउँपालिका(३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश(०१(००६ ख ४५९३ नम्बरको बसले बा ६० प  ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको थियो।

बसको ठक्करबाट मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका(२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका(१० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा महिलाको शव रहेको र स्थानियले बस चालकको लार्पवाहीले दुर्घटना भएको भन्दै बसमा आगजनी  गरेका हुन । घटनास्थलमा प्रहरी पुगेपनि स्थति नियन्त्रणमा लिन सकेको छैन ।

आक्रोशित स्थानियको प्रर्दशनका कारण अहिले विपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि अहिले उक्त सडक खण्ड भएर चल्ने सवारी साधनको लामो  जाम परेको छ । बाटो बन्द हुँदा गन्तव्यमा हिडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update