Public Pana
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


काठमाडौं–क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अन्तिम फैसलाका लागि आइतबार सुरु भएको बसह नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 
आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले पीडितको पक्षबाट बहस गरेका थिए । 

सरकारी वकिल पक्षको बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्नेछन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुनेछ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update