Public Pana
लुम्विनिमा ८ महिनापछि सरकार विस्तार, दुई मन्त्रीले लिए सपथ

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण  गरेका छन्। शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा  केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्। 

 

 

केसीलाई सहरी विकास मन्त्रालय  र  थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । केसी बाँके क्षेत्र नम्बर  १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका  थिए।  लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित  ७ जना मन्त्री रहेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।  

नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरे पनि पदभार ग्रहण गर्न दाङ जाने छन्। लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राखेका छन्

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update