ज्यान मारेकाे मुद्दामा सफाइ पाएपछि काेइरीले दिए निलम्बन फुकुवाकाे निवेदन
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।
आइतबार दिउँसो सचिवालयमा गएर निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन् ।
कोइरीले कार्यबहाक महासचिव पद्मप्रसाद पाण्डेलाई निलम्बन फुकुवाको पत्र दिएका हुन ।
उनीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।
फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा परेका थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १५:५७
प्रतिक्रिया दिनुहोस्