Public Pana
ओली भन्छन्- संघीयता सफल हुनै सकेन भने त के गर्ने?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमार्फत् अपनाइएको संघीयतालाई व्यावहारिक रुपमै सफल बनाउन लाग्नुपर्ने बताएका छन्।

पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ यात्राका सन्दर्भमा आइतबार सञ्चारकर्मीसँग संवाद गर्दै उनले संघीयताको कार्यान्वयन हुन थालेको ५/६ वर्षमै यसको पक्ष विपक्षमा तर्क गर्न आवश्यक नरहेको बताए।

‘कुनै सेन्टिमेन्टल हिसाबले, कुनै पक्षधरताका साथ, यो वा त्यो पक्षमा उभिएर, यसो गर्ने भन्ने पहिल्यै निष्कर्ष निकालेर होइन, बिना निष्कर्ष हामी यसलाई (संघीयतालाई), यो नभई हुँदैन र हुनै हुँदैन भन्ने खालका कुराभन्दा, यसलाई सफल पार्नेतिर जाऔं’, उनले भने, ‘सफल हुनै सकेन भने त के गर्ने? लोकतन्त्र नै त्यसैले मर्ने त होइन। त्यसैले सफल हुनै सकेन भने त्यसको कुरा हो।’

 

उनले संघीयतालाई सफल बनाउने कोसिस नगर्नुचाहिँ ठीक नहुने बताए। अहिले आफूहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने कुरा गरिरहँदा संघीयतासमेतलाई सफल बनाउने कुरा गरिरहेको बताए।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update