Public Pana
दुबईबाट ल्याएको सुन शौचालयमा लुकाएर विमानस्थलबाट  सेटिङमा बाहिरिन्थ्यो

दुबईबाट तस्करले ल्याएको सुन विभिन्न लेअर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ।

दुबईबाट सुन पठाउने गिरोहदेखि नेपालको विमानस्थल भित्रिएपछि बाहिरिने गरेकोसम्म विवरणबारे समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

मंसिर २१ गते दुबईबाट ल्याएको १४ किलो सुनसहित पक्राउ गोरखाका मीनबहादुर घलेबाट सुरु भएको अनुसन्धानले ९ जनालाई पक्राउ गरेको छ। 
फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११:४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको थियो।

त्यसपछि विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डे नेतृत्वमा छानबिन समितिले गठन भएर छानबिन भएको थियो। उक्त समितिले आइतबार प्रतिवेदन बुझाएको छ।

उक्त प्रतिवेदनमा पक्राउ परेकाहरुको विभिन्न भूमिकाहरु बारे खुलाइएको छ। पक्राउ परेका मीनबहादुर घलेले दुबईमा अंकित अग्रवाल र गुरु भन्ने व्यक्तिसँग सम्पर्क गरी नेपाल सुन ल्याएको समितिले औंल्याएको छ।

 

gold-1703411313.jpg

त्यसपछि उक्त सुन कसरी नेपालको विमानस्थलबाट बाहिरिन्थयो भन्नेबारेसमेत समितिले खुलाएको छ। नेपालको एअरको सेटिङ भने कृष्ण गुरुङले गर्ने गरेको समितिले जनाएको छ। दुबईबाट ल्याएको सुन मीन घलेसँग सम्पर्क गरी गोरखाकै चन्द्र घलेले दिएको टोकन (पाँच दिरामको नोट) दिएर १४ किलो सुन आफैंले बुझी अध्यागमनको काउन्टर छेउमा रहेको शौचालयको डस्टबिनमा ट्वाइलेट पेपरले छोपी निस्कने गरेको पाइएको छ।

ट्वाइलेटको चाबी दुई वटा बनाएर एउटा सुन तस्करको समूहले बोक्ने गरेको र सुन लुकाएपछि आफूसँग भएको चाबी प्रयोग गरेर सुन बाहिर निकाल्ने गरेको देखिएको समितिले निकालेको छ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update