Public Pana
मीन घले समूहले १३८ किलो सुन तस्करी गरेको खुल्यो ः छानबिन समिति


काठमाडौं–मीनबहादुर घलेको समूहले अहिलेसम्म १३८ किलो सुन तस्करी गरेको देखिएको छानबिन समितिले जनाएको छ। आइतबार पक्रकार सम्मेलन गर्दै समितिका संयोजक टोकराज पाण्डेले उक्त कुरा जानकारी दिए । 
घलेको समूहले दुबईबाट ल्याएको १३८ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पास गरेको खुलेको पाण्डेले बताए । 
दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिले सुन पठाउने र घलेको समूहले विमानस्थलबाट बाहिर ल्याउने काम गरेको खुलेको पाण्डेले बताए । सोही क्रममा उनी १४ किलो सुनसहित पक्राउ परेको पाण्डेले बताए ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update