Public Pana
न्याय परिषदद्वारा सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रलाई उच्च अदालतको न्यायधीश सिफारिस

न्याय परिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल भट्टराईलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। यस्तै न्यायाधीश चन्द्रबहादुर थारुलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सरुवा गरेको छ । 

आइतवार बसेको परिषद् बैठकले कुँवरलाई उच्च अदालत पाटन,  पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। 
वैठकले राजश्व न्याधीकरण नेपालगञ्ज कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालञ्ज इजलासका न्यायाधीश टंकप्रसाद गुरुङलाई तोक्न परामर्श दिएको न्यायपरिषद्ले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update