Public Pana
प्रधानमन्त्री दाहालले गरे प्रमुख २ दलका नेतृत्वसँग छलफल

सक्रमणकालिन न्यायलाई टुंगो लगाउने बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली आज छलफल गर्नुभएको छ । 

आइतबार बिहान सत्तारूढ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको बैठकमा सहभागी कंग्रेस सचेतक रमेश लेखकले जानकारी दिए । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न संसदमा विधेयक रहे पनि दलहरूबीच सहमति नहुँदा उक्त विधेयक अघि बढ्न सकेको छैन।

उक्त विद्येयकमा सहममि जुटाउने वारे शिर्ष ३ नेताहरुबीच कुराकानी भएको बताइएको छ । यस्तै राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update