Public Pana
लुम्बिनीमा थपिए दुई मन्त्री

लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री मण्डल विस्तार गरेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन्।

मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)बाट बाँकेकी कृष्णा केसी र प्युठानका सरोज थापालाई मन्त्री बनाएकाे हाे।  नवनियुक्त मन्त्री केसी र थापाको शपथ ग्रहण आज (आइतबार) प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । 

केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय र थापालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैँले राख्ने बताइएको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई विस्तार गर्दै नौ जना पुर्‍याएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update