Public Pana
४५ वर्षपछि वेपत्ता व्यक्ति फेला परेपछि

विगत ४५ वर्षदेखि हराइरहेका १ जना पुरुषलाई फेला पारी प्रहरीले आफन्तको जिम्मा लगाएको छ। ताप्लेजुङको श्रीजंगा गाउँपालिका वडा नम्बर ३ घर भएका ६० वर्षीय धनबहादुर लिम्बुलाई प्रहरीले आफन्तको जिम्मा लगाएको हो। लिम्बु विगत ४०–४५ वर्षदेखि बेपत्ता थिए। लामो समयसम्म आफन्तको सम्पर्कमा नभएका उनी २ महिना अगाडि भारतको सिक्किममा फेला परेको जानकारी प्राप्त भएको थियो। अन्तर्राष्ट्रिय मानव वरिषद् नामक संस्थाले २ महिना अगाडि फेला पारी उनलाई पुनर्स्थापना केन्द्रमा राखिएको थियो। 

अन्तर्राष्ट्रिय मानव परिषद् नामक संस्थाको समन्वयमा नेपाल प्रहरीसम्म लिम्बु फेला परेको जानकारी प्राप्त भएपछि उनका आफन्तको खोजी भएको थियो। 

 

आफन्तको खोजी भएपछि इलाका प्रहरी कार्यालय काकरभिट्टा, झापाको टोलीले लिम्बुलाई नेपाल ल्याएको थियो। लिम्बुलाई इलाका प्रहरी कार्यालय काकरभिट्टाबाटै उनका भतिजा आइतराज लिम्बुको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए। 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update