Public Pana
रास्वपाका सभापति रवि लामिछानेमाथि खाेया प्रहार


पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छ।
ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए । 

 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update